दफा १३
प्रवेश दर्ता गराउनु पर्ने
(१) विदेशबाट सवारी पैठारी गर्ने व्यक्ति, फर्म वा कम्पनीले त्यस्तो सवारी नेपाल  भित्र प्रवेश गर्ने स्थानमा रहेको प्रहरी कार्यालयमा त्यस्तो सवारीको प्रवेश दर्ता गर्नको लागि दरखास्त दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिम प्रवेश दर्ता गराउनको लागि दरखास्त परेमा प्रहरी कार्यालयले त्यस्तो सवारी खरीद गरेको निस्सा र सम्बन्धित कागजातहरूको जाँचबुझ गरी त्यस्तो सवारीलाई पन्ध्र दिनको निम्ति प्रवेश दर्ता गरी त्यस्तो सवारी पैठारी गर्ने व्यक्ति, फर्म वा कम्पनीलाई प्रवेश दर्ताको निस्सा दिनु पर्छ र त्यस्तो सवारीको विवरण यथाशीघ्र सम्बन्धित यातायत व्यवस्था कार्यालयमा पठाउनु पर्छ ।